Breast and Cervical Screening Program

Dec 11, 2021

Breast and Cervical Screening Program

मंसिर २५, शनिवार, कुष्ठरोग प्रभावित महिलाहरूलाई लक्षित गरी एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र (थापाथली) र सेवा केन्द्र कुष्ठरोग निवारणबीचको समन्वयमा खोकना आरोग्य आश्रम(तौथली)मा सञ्चालन गरिएको Breast and Cervical Screening Program सम्पन्न भएको छ । कार्यक्रम दक्षिणकाली नगरपालिका वडा नं.२ तौथलीसँगको सहकार्यमा भएको हो । उक्त कार्यक्रममा सहभागिता जनाएका महिलाहरूलाई स्तन तथा पाठेघरको परामर्शसँगै precancerous cervical cancer पहिचान भएकाहरूको उपचार पनि गरिएको थियो । कार्यक्रममा नि:शुल्क भिडियो एक्स -रेको पनि व्यवस्था गरिएको थियो । सो कार्यक्रममा ७६ जना महिलाहरूले सहभागिता जनाएका थिए, भने कार्यक्रममा सेवा प्रबाह गर्ने चिकित्सकहरू डा सपना अमात्य वैद्य (Gynecologist), डा ज्योती रायमाझी (General surgery), र डा सौरभ भण्डारी (Radiologist ) थिए।

 

No photo description available.
No photo description available.

Support us with a contribution and help us make a difference.