Pathao Riders Free Health Check up Program

Jan 16, 2022

Pathao Riders Free Health Check up Program

पठाओ चालकहरूको स्वास्थ्यलाई मध्यनजरमा राख्दै आई. एम. ई. पे (IME Pay), पठाओ (Pathao) र एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रबीचको सहकार्यमा पठाओ चालकहरूलाई एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र, थापाथलीस्थित माघ ०३ गतेबाट हरेक दिन निःशुल्क स्वास्थ्य जाँच गरिने भएको छ । यस कार्यक्रम माघ ०३ गते सोमबार बिहानको ८ः००बजेदेखि दिउँसो १ः०० बजेसम्म एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र, थापाथलीमा हुनेछ ।

एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र, एक गैर सरकारी/नाफामूलक स्वास्थ्य केन्द्र हो । मूलतः यस स्वास्थ्य केन्द्रको उद्देश्य शुलभ शुल्कमा नियमित स्वास्थ्य सेवा प्रदान गर्नु रहेको छ । हाल, यस स्वास्थ्य केन्द्रले विभिन्न क्षेत्रका ३४ चिकित्सक एवम् स्वास्थ्य बिशेषज्ञहरूका साथ १३ भन्दा बढी स्वास्थ्य सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ ।

 

Support us with a contribution and help us make a difference.