May 28, 2024

|बाजुराको कोल्टीमा आयोजित स्वास्थ्य शिवरबाट १ हजार ७ बढीले लिए सेवा

बाजुराको कोल्टीमा आयोजित स्वास्थ्य शिवरबाट १ हजार ७ बढीले लिए सेवा

काठमाडौं- बुढीनन्दा नगरपालिकाले एक-एक पाइला फाउन्डेसनको सहयोगमा बाजुराको कोल्टीमा निशुल्क स्वास्थ्य शिविर गरेको छ। जेठ १०-१२ गतेसम्म गरिएको शिविरबाट १ हजार ७ सय ११ जनाले सेवा लिएको नगर प्रमुख जनककुमार बोहराले बताएका छन्। आँखा रोगमा १ हजार १३६ जनाले उपचार सेवा लिएका छन्। त्यसमा पनि  १सय ६९ जनाको मोतियाबिन्दु शल्यक्रिया गरिएको छ। दन्त रोगमा ३ सय ७२ जनाले सेवा लिएका छन्। दन्त एक्स्ट्रक्सन १सय ८० जनाको भएको छ। नाँक कान घाँटी रोगको उपचारका लागि आएका ६ सय २१ मा १९ जनाको सर्जरी  गरिएको बताइएको छ। 

 

कोल्टी आधारभुत  अस्पतालमा शिविर चलाइएको हो।  शिविरमाफाउन्डेसनका अध्यक्ष डा सुमन समशेर थापा अशोक पाण्डे लगायतको टिम रहेको थियो। यसैगरी गेटा आँखा अस्पतालबाट आँखा उपचार टिम थियो।  पालिकाले उक्त फाउन्डेसनसँग पालिकाले ५ वर्षमा विभिन्न स्वास्थ्य शिविर सञ्चालन गर्ने सम्झौता गरेको छ। 

 

मंगलबार, जेठ १५, २०८१ स्वास्थ्य खबरपत्रीकामा प्रकाशित 

Support us with a contribution and help us make a difference.